मार्च १४ मा आइपिएल सुरु हुने

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपिएल) संस्करण अर्को वर्षको मार्च १४ देखि सुरु हुने भएको छ ।

आइपिएलले शुक्रवार आगामी ३ सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आइपिएल मार्च १४ देखि सुरु हुने बताएको छ । आइपिएल २०२५ को फाइनल मे २५ मा हुनेछ ।

आइपिएलका अनुसार सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ ।

आइपिएल २०२५ का लागि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

Reviews

Related Articles