क्यानडियन कीर्तिमानी जफर लुम्बिनी लायन्समा

काठमाडौं। क्यानडियन क्रिकेट आइकन साद बिन जफरले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

यसै वर्षको टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर जफर पाकिस्तानमा जन्मिएका हुन्। जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु  गरेका थिए।

बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङ गर्ने उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

एनपीएल  यही मंसिर १५ गतेबाट सुरु हुँदैछ। लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ।

Reviews

Related Articles