गब्बरको विकेट लिन्छुः नन्दन यादव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सका खेलाडी नन्दन यादवले भारतीय टोलीका पूर्व ओपनर शिखर धवन (गब्बर)को विकेट लिन उत्साहित रहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि शुक्रबार मुलपानी मैदानमा अभ्यासका दौरान बलर नन्दनले खेलाडी डटकमसँग बोल्दै नेटमा भए पनि गब्बरको विकेट लिने प्रतिक्रिया दिएका हुन् ।

‘शिखर धवनलाई पहिला टिभीमा हेरिन्थ्यो । अहिले सँगै खेल्दैछौं । धवन जस्तो राम्रो ब्याटरलाई बलिङ गर्न पाउँदा आफूमा पनि सुधार हुन्छ,’ नन्दनले भने, सानाे छँदा मलाई शिखर र रोहित शर्मा एकदमै मन पर्थ्याे । क्रिकेट दुनियाकै सबैभन्दा राम्रो ओपनर हुनुहुन्छ उहाँहरु । नेटमै भए पनि धवनको विकेट लिनेछु ।’

Reviews

Related Articles