काठमाडौं -टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ।
हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ ।
दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्ने छन् ।

