अमिषा सेनाको अधिकृत क्याडेटका लागि छनोट

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले नेपाली सेनाको अधिकृत क्याडेट उतिर्ण गरेकी छिन् ।

बिहीवार नतिजा प्रकाशित भएसँगै सानै देखि आर्मी बन्ने आफ्नो सपना पूरा हुनेभएपछि अमिषा दंग छिन्।

‘ एक‌ बर्षदेखि मैले तयारी गरिरहेको थिए। क्लास पनि लिएको‌ थिए । फुटबल र क्याडेटको‌ तयारी सँगसँगै अघि बढाए, ‘ उनले भनिन्, चरण चरणमा परीक्षा हुन्थ्यो। एकपछि अर्को पार गर्दै गए खुसी लागेको छ।’

३ वर्षअघि करारमा सेनाको त्रिभुवन आर्मी क्लबमा करार सम्झौता गरेकी अमिषाले उमेर पुगेपछि क्याडेटमा आवेदन दिएकी‌ थिइन्।

Reviews

Related Articles